२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

भ्रष्टाचार नियन्त्रण,सुशासन,विकास र संविधान संशोधन सहितको मेरो उम्मेदवारी हो: शाही

दाङ । नेकपा (माओवादी) बाट दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रकाश शाहीले भ्रष्टाचारको नियन्त्रण,सुशासन,समावेशी विकास र आवश्यक संविधान संशोधनका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारेका छन् ।

शनिबार दाङको राप्ती गाउँपालिका–३ मसुरियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार शाहीले देशमा व्याप्त बेथिति, अनियमितता र राजनीतिक अस्थिरताको अन्त्यका लागि नयाँ ढंगको राजनीतिक अभ्यास आवश्यक भएको बताए । पत्रकारहरुसँगको अन्तरक्रियामा उनले दाङ–१ क्षेत्रका जनताले लामो समयदेखि सुशासन, रोजगारी र दिगो विकासको अनुभूति गर्न नपाएको उल्लेख गर्दै अब परिवर्तनको विकल्प नभएको दाबी गरे ।

“राजनीति व्यक्तिगत लाभ र शक्ति केन्द्रित हुँदा आम नागरिकले सास्ती भोग्नुपरेको छ । अब राजनीति जनताको जीवनस्तर बदल्ने माध्यम बन्नुपर्छ,” उनले भने । उम्मेदवार शाहीले पछिल्ला वर्षहरुमा देशमा भ्रष्टाचार संस्थागत बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । ठूला–ठूला काण्डहरू सार्वजनिक हुँदा समेत दोषीमाथि कारबाही हुन नसक्नु लोकतन्त्रकै लागि चुनौती भएको उनको भनाइ थियो । “भ्रष्टाचार नियन्त्रणका लागि कानुन मात्र होइन, राजनीतिक इच्छाशक्ति आवश्यक हुन्छ । संसदमा पुगेपछि भ्रष्टाचारविरुद्ध कठोर कानुन निर्माण र कार्यान्वयनका लागि दृढतापूर्वक उभिनेछु,” उनले प्रतिबद्धता व्यक्त गरे ।

Oplus_131072

विकासको मूलधारमा ल्याउन पूर्वाधार, सुरक्षा र व्यापार सहजतामा विशेष कार्यक्रम आवश्यक छ,” शाहीको भनाइ थियो ।

शाहीले चुनाव जितेपछि पनि जनतासँग निरन्तर संवादमा रहने प्रतिबद्धता व्यक्त गरे । “चुनाव जितेपछि जनताबाट टाढा हुने प्रवृत्ति गलत हो । म जनताको प्रतिनिधि भएर जनताकै बीचमा रहनेछु,” उनले भने ।पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मी र नेकपा माओवादीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।