२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने सामुदायिक विद्यालयका शिक्षकको गतिविधिमाथि निगरानी बढाई आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।

Oplus_131072

मन्त्रालयको विद्यालय शिक्षा शाखाले २०८३ असोज ६ गते जारी गरेको निर्देशनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएको उल्लेख छ।
मन्त्रालयका अनुसार शिक्षक राजनीतिक दलका गतिविधिमा सहभागी हुनु शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा रहेको कानुनी व्यवस्थाविपरीत हुन्छ। त्यसैले त्यस्ता गतिविधिबारे थप निगरानी तथा आवश्यक खोजबिन गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको हो।

मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी राजनीतिक दलका गतिविधिमा संलग्न भई आचारसंहिता उल्लंघन गर्ने शिक्षकको पहिचान गर्नसमेत भनेको छ।
आचारसंहिता उल्लंघन गरेको पुष्टि भएमा शिक्षा नियमावली, २०५९ को नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न निर्देशनमा उल्लेख गरिएको छ।

मन्त्रालयका उपसचिव लिलानाथ पोखरेलद्वारा जारी निर्देशनमा उक्त व्यवस्था मन्त्रालयको २०८३ असोज ६ गतेको निर्णयअनुसार गरिएको जनाइएको छ।
मन्त्रालयको पछिल्लो निर्देशनसँगै सामुदायिक विद्यालयका शिक्षकलाई राजनीतिक दलका गतिविधिमा सहभागी हुन रोक लगाउने कानुनी व्यवस्थाको कार्यान्वयनमा शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहले थप निगरानी गर्ने भएका छन्।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।