२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

चर्को बिरोध पछि नेपाल सरकारद्वारा सामाजिक सञ्जालहरुमाथीको प्रतिबन्ध खुल्ला :

Oplus_131072

काठमाडौं । चर्को विरोध आएको र १९ जनाले ज्यान गुमाएपछि अन्ततः नेपाल सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खोलेको छ ।

भदौ २३ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी छन् । मन्त्रिपरिषदले निर्णय गरे सँगै सामाजिक सञ्जालहरु सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको तर यहीँ कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरु खुलाउने निर्णय गरिएको मन्त्री गुरुङल बताए ।

प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।

यो कुरा डेढ वर्षदेखि भनिरहेको सूचीकृत गर नेपालको कानुन मान भनेका थियौं । हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्ने कुरा हो प्रधानमन्त्री ओलीले भनेका थिए, त्यसमा हमला भयो । सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ? राष्ट्रको अपमान गर्नेगरी उनीहरुलाई खोलिदिने त ?

यसैगरी Gen Z को प्रदर्शनका कारण काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाट नै दबाब थेग्न नसकेपछि सरकार निर्णयबाट पछि हटेको हो ।

नेपाल सरकार सूचना,सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।