२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

एलपी ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्न सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।

​निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो प्राप्त भएकाले अनिवार्य भ्याट बिलको व्यवस्था मिलाउन ताकेता गरेको हो।

​निगमका निर्देशक इन्जिनियर विनीतमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि २०८१ साउन ३० र २०८१ माघ १० गते नेपाल एलपी ग्यास उद्योग सङ्घलाई यस विषयमा ध्यानाकर्षण गराइएको स्मरण गराइएको छ।

​पत्रमार्फत ग्यास उद्योगहरूले आफ्ना आधिकारिक बिक्रेता (डीलर) हरूमार्फत बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।