२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसको अवसरमा एक सय बढीको आँखा चेकजाँच:

असार-७,तुलसीपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसलाई अवसर पारी आयोजित आखाँ स्वास्थ्य शिविर कार्यक्रममा एक सय दश जनाले सेवा लिएका छन् ।
तुलसीपुर ५ बससपार्कमा आयोजित कार्यक्रममा यातायातका मजदुर र सर्वसाधारण नागरिकले आँखाजाँच गराएका हुन् । संगठनको ४६ औं स्थापना दिवसको अवसरमा देशभर एकसाथ विभिन्न कार्यक्रमहरु भईरहँदा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङले पनि साताव्यापी कार्यक्रमहरु गरिरहेको केन्द्रिय उप–महासचिव खगेन्द्र वहादुर वली मार्फत जानकारी भएको छ ।

संगठनको स्थापना दिवसको अवसरमा असार २ गते कार्यालय परिसरमा सरसफाई ३, ४ र ५ गते मजदुरसँग भेटघाट, ६ गते मानव सेवाको गतिबिधी अन्तर्गत आश्रम तुलसीपुरमा फलफुल वितरण र ७ गते आँखा स्वास्थ्य शिविरको आयोजना गरी कार्यक्रम सम्पन्न भएको उप–महासचिव वलीले वताएका छन भने असार ८ गते रक्तदान कार्यक्रम गर्न लागिएको छ।

यसैबिछ असार ८ गते ७ वजे राप्ति प्रादेशिक अस्पतालमा रहेको रेडक्रसमा हुन लागेको रक्तदान कार्यक्रममा इच्छुक रक्तदाताहरुलाई उपस्थितिका आह्वान गरिएको छ भने असार ९ गते संगठनको स्थापनाको दिन यातायात क्षेत्रमा काम गर्ने मजुरदरहरुलाई सम्मान गर्ने र वेलुका दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।