२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

सिरियाको तेस्रो ठूलो शहर पनि विद्रोहीको कब्जामा:

मंसिर -२३, काठमाण्डौ । सिरियाको विद्रोही समूहले देशको तेस्रो सबैभन्दा ठूलो शहर होम्स पनि कब्जा गरेको छ ।
इस्लामिक विद्रोही समूहका नेता गोलानीले होम्स शहर पूर्ण नियन्त्रणमा रहेको र यो ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ । बिद्रोही समूहले यस अघि ठूलो शहर अलेप्पो र हामा शहर कब्जा गरेको थियो । होम्स शहर बिद्रोहीको कब्जामा परेसँगै सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाएको बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले जनाएको छ ।

झण्डै दुई करोड बिस लाख जनसङ्ख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा रहेको छ । सिरियाको उत्तरमा टर्की, पश्चिम एवम् दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्नसमेत जोडिन्छ । लेबनानमा केही समयअघि मात्रै युद्धविराम घोषित भएसँगै इजरायली आक्रणम बन्द भएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।