काठमाडौं असोज -५ ।
भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपाल पहिलो खेलमै पाकिस्तानसँग पराजित भएको छ ।
समुह B अन्तर्गत चाङल्मिथाङ स्टेडियममा शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।
पाकिस्तानका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुहम्मद तल्हाले एकासी औं मिनेटमा निर्णायक गोल गरे । मुहम्मद तल्हा अब्दुल घानीको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
नेपालले अब आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंका र बुधबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
अनलाइन खबर।