२०८२ फाल्गुन २५ सोमबार
२०८२ फाल्गुन २५ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

“संस्थागत विद्यालय समन्वय समिती राजपुर” द्वारा राजपुरको जङ्रहवा र बेला चोकमा जेब्रा क्रसिङ:

दाङ ,राजपुर/ माघ-७ । “संस्थागत विद्यालय समन्वय समिती राजपुर”को आयोजनामा बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा राजपुर गाउँपालिका-५ जङ्रहवा र राजपुर-२ बेला चोकमा जेब्रा क्रसिङ बनाउने कार्य सम्पन्न गरिएको छ ।

oplus_1026

दाङ देउखुरीको राजपुर गाउँपालिकामा रहेको संस्थागत विद्यालय समन्वय समिती राजपुरका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता, राजपुर-५ जङ्रहवा निवासी स्थानीय समाजसेवी भोगेन्द्रसिङ राजपुतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

oplus_1026

संस्थागत विद्यालय समन्वय समितिका सचिव युवराज केसीद्वारा संचालित कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट गढवाका अर्विन चौधरी , अस्थायी प्रहरी पोष्ट चङुवाका प्रदेशु चौधरी, समाजसेवी भुपेन्द्र ओली , राजपुर-२ का वडा सदस्य गणेश चौधरी , समितीका सदस्य उमा भण्डारी, उमाकान्त यादव, सदस्य विद्यालयका शिक्षक, विध्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजपुतले यो कार्य निकै राम्रो भएको बताए।

बसन्तपञ्चमीको अवसर पारी सामाजिक कार्य गरिएको समितीका अध्यक्ष टोपेन्द्र खनालको भनाई रहेको छ । राजपुर गाउँपालिकामा रहेका चार संस्थागत विद्यालय फेमिली प्याराडाईज इ. बो. स्कुल (मटेरिया), देउखुरी ग्रीन ल्याण्ड इ.बो. स्कुल (बेला), राजपुर हिमालय इ. बो. स्कुल(चङ्गुवा) र बुद्द किरण इ. बो.स्कुल( गङदी) को आर्थिक लगानीमा कार्य सम्पन्न भएको हो ।

oplus_1026
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।