दाङ , पौष – ८ । शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजनामा देउखुरीका चार स्थानिय तह लमही, राप्ती , गढवा र राजपुरको समन्वयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका माध्यामिक तहका प्रधानाध्यापकहरु एवम् आधारभूत तह(६-८) संचालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसङ्गको १ दिने अन्तर्क्रिया कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणी चौधरीको अध्यक्षता , लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालयका उपप्रमुख लक्ष्मी योगिको प्रमुख आतिथ्यमा आज लमहीको आदर्श मावी देउपुरमा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव रामहरि रिजाल,देउखुरीका चार वटै स्थानिय तहका शिक्षा शाखा प्रमुख/ प्रासहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागीका बिच २६ बुदे प्रतिबद्धता कायम भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत तिलकराम बन्जाडेद्वारा सहजीकरण गरिएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव रामहरी रिजाल , गढवा गाउँ पालिका शिक्षा शाखा प्रमुख श्याम विक , फेमिली प्याराडाईज इ. बो. स्कुल राजपुर मटेरियाका प्रधानाध्यापक टोपेन्द्र खनाल , शुभतारा इ. बो. स्कुल गढवाका प्रधानाध्यापक बिकास रजौरे, शिवशक्ती मावी राजपुरका प्रधानाध्यापक लिलाधर बिक , आदर्श मावी देउपुरका विव्यस अध्यक्ष ज्ञान बहादुर चौधरी लगायतले बोल्नु भएको थियो ।
