२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

विद्युत् प्राधिकरण सरकारसंग लियो ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।
अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको थियो । अर्थ मन्त्रालयको स्वीकृतसँगै ५ अर्ब रुपैयाँ प्राधिकरणले अल्पकालीन ऋण लिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

कार्यकारी निर्देशक शाक्यले नगद अभावका कारण ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न ठेक्काको भुक्तानी गर्न सुरु गरिएको बताए । उनले भने,‘ आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृति भएर आएको छ ।

यस्तै उक्त ऋण विभिन्न परियोजना तथा बाँकी भुक्तानीका लागि प्रयोग गरिरहेका छौँ । उनका अनुसार सरकारले ५.३८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो । प्राधिकरणले आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब अल्पकालीन ऋणका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको बताए ।

त्यस्तै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा नगद अभाव भएको र देशभर गुणस्तरीय विद्युतीकरणदेखि क्षमता अभिवृद्धिको काम गर्नुपर्ने भएकाले सरकारसँग ऋण लिएर काम थाल्ने बताए । उनले विद्युत् प्रसारण लाइन क्षमता वृद्धिको लागि ऋण लिनै पर्ने भएकाले प्राधिकरणले ऋण लिएको बताए । उनले यति बेला प्राधिकरण सबैतिरबाट चेपुवामा रहेको भए पनि ब्याज सस्तो हुँदा ऋण दिन सहज अवस्था रहेको बताए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।