काठमाडौं । निजी विद्यालयका सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सनले अन्दोलनको क्रममा विद्यालय बन्द नगरिने स्पष्ट पारेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी
नेशनल प्याब्सनले विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दोलन गर्दै आएकोमा विद्यालय बन्द गराउने पक्षमा भने आँफुहरु नरहेको प्रष्टयाएका हुन् ।
निजी विद्यालयहरूले सरकारले ल्याएको सो विधेयकमा गरिएका कतिपय व्यवस्था संविधान र कानून अनुकूल पनि नरहेको जिकिर गर्दै त्यसलाई मान्न नसकिने चेतावनी दिइरहेका छन् ।

























