२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

विकट ठाउँमा पुगेर ‘इगल खबर’ले बिध्यार्थीलाई दियो शैक्षिक सामग्री

 तुलसीपुर , भाद्र -३ ।‘इगल खबर’ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा तुलसीपुर उपमहानगरपालिका–३, सातबास स्थित प्रावि कल्ले राम्रीकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबारका दिन आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मका ३० जना विद्यार्थीहरूलाई निःशुल्क झोला, कापी, र पेन्सिल प्रदान गरिएको हो ।

व्यक्तिगत तथा ग्लोबल ओरेन्ज नेपाल तुलसीपुर बिक्री केन्द्रको सहकार्यमा ३० हजार बराबरको सामग्री बितरण गरिएको इगल खबरका संचालक एचआर मगरले बताए । कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले सातबास जस्तो विकट क्षेत्रमा शैक्षिक सामग्री वितरण गर्नु सम्भावनाको खोजी गर्ने उदाहरणीय कार्य भएको बताए । व्यवसायीहरूले कमाएको केही अंश सामाजिक कार्यमा लगाउनु कर्तव्य र जिम्मेवारी भएको बताए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत, वडा सदस्य राजेन्द्र गुरुङले ‘इगल खबर’को यो पहलले विकट क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा टेवा पुग्ने बताइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शान्तराम सेञ्चुरीले गरेका थिए ।

विद्यालयमा हाल ३० जना बिध्यार्थी नियमितरुपामा पढ्न आउने गरेको प्रधानाध्यापक टेकबहादुर गुरुङले बताए । झोला, कापी, कलम र इलेजर पाएपछि स-साना बालबालिकाहरू खुशी भएका थिए ।

यसैबीच विद्यालयले शैक्षिक सामग्री उपलब्ध गराएकोमा धन्यवादसहित ग्लोबल ओरेन्ज नेपाल तुलसीपुर बिक्री केन्द्रका प्रमुख अस्मिता चौधरी र इगल खबरका संचालक तथा प्रवन्ध निर्देशक एचआर मगर लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । एचआर मिडिया हाउस प्रालिद्धारा संचालित इगल खबरले ६ गते शनिबार तुलसीपुरमा दोस्रो वार्षिक उत्सव मनाउँने भएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।