विद्यालयका जेष्ठ क्याप्टेन छात्रा गोमा खत्रीको अध्यक्षता , विद्यालयका विव्यस जेष्ठ सदस्य तथा शिक्षाप्रेमी तुल्सीराम भण्डारीको प्रमुख आतिथ्य तथा विद्यालयका प्रवन्ध निर्देशक टोपेन्द्र खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका छात्रा दीपा पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका छात्रा मेनुका केसी र आशिका बिकले विद्याकी देवी सरस्वती माताको बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमका अतिथी देवीराम सुनार , अभिभावक रनेश्वर नेपालीले शुभकामना मन्तब्य दिनु भएको थियो ।
सरस्वती माताको पुजा आराधना गरिनुको साथै नयाँ बच्चाहरुलाई अक्षराम्भ गराउने कार्य अभिभावकहरुबाट भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तुल्सीराम भण्डारीले विद्यालयका बिध्यार्थीले आफैं कार्यक्रम संचालन गरेकोप्रती आँफु धेरै खुशी भएको भन्दै विद्यालयको चौतर्फी बिकासको शुभकामना दिनु भएको थियो भने बिध्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिदै विद्यालयले आफ्नो गति अघि बढाईरहेकोले कार्यक्रम संचालनको जिम्मेवारी बिध्यार्थीलाई नै दिएको प्रवन्ध निर्देशक टोपेन्द्र खनालको भनाई रहेको छ ।
विद्यालयका कक्षा ६ कि छात्रा प्रतिज्ञा यादवले संचालन गरेको कार्यक्रममा अन्त्यमा कार्यक्रमका अध्यक्ष कक्षा ८ कि छात्रा गोमा खत्रीले सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
एक वर्षे वालक निरजको जन्मोत्सव विद्यालयमा:
यसै बिच विद्यालयका अभिभावक पबित्रा घर्तीका १ वर्षीय वालक निरज घर्तीको शुभ जन्मोत्सव समेत विद्यालयको प्राङ्गणमा मनाईएको छ ।