२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

लुम्बिनी प्रदेशमा तीन दिनसम्म निजामती सेवा दिवस मनाइने

 

 दाङ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विभिन्न कार्यक्रमको साथ मनाइने भएको छ । भाद्र २० देखि २२ गतेसम्म रक्तदानदेखि वृक्षारोपण, अन्तरक्रिया, सरसफाइ, खेलकुद, परिसंवाद, प्रभातफेरी र सांस्कृतिक झाँकीसम्मका गतिविधि तय गरिएको छ ।

प्रदेश सरकार प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले स्वास्थ्य मन्त्रालयको संयोजनमा भाद्र २० गते बिहान रक्तदान कार्यक्रमको शुरुवात गर्ने निर्णय गरेको छ भने उक्त दिन दिउँसो १ बजे “संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम हुने भनिएको छ ।

यसैबीच भाद्र २१ गते बिहान प्रशासनिक परिसरमा वृक्षारोपण तथा सरसफाइ गरिने भनिएको छ भने २० र २१ गते खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने जनाइएको छ।

भाद्र २२ गते प्रशासनिक संघीयता सम्बन्धी परिसंवाद, सांस्कृतिक झाँकीसहितको प्रभातफेरी र व्याण्डबाजा प्रदर्शन हुने कार्यक्रम तय गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

२२ गतेका दिन बिहान ११ बजे प्रदेश निजामती सेवाका कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरण र मूल समारोह आयोजना गरिनेछ । उक्त अवसरमा उत्कृष्ट कर्मचारीलाई प्रदेश निजामती सेवा पुरस्कार समेत प्रदान गरिनेछ ।यस उपरान्त भाद्र २० देखि २२ गतेसम्म सबै मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णय समेत गरिएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।