दाङ देउखुरी ।
लमही नगरपालिका वडा नम्बर ५ को लमहीमा माया हस्तकला उद्योगको बिहीबार उद्घाटन गरिएको छ ।
सांस्कृतिक भेषभुषाको पोशाकलाई पहिलो प्राथमिकता दिएर संचालनमा ल्याइएको उक्त उद्योगलाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उप-प्रमुख लक्ष्मी योगीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
उद्योगलाई उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यसैगरी हरेक मानिसहरु विभिन्न पेशा व्यवसायीसंग जोडिएर आफ्नो स्वदेशमै व्यवसायी बन्नुपर्ने बताएका छन् । पछिल्लो समय स्वदेशमा जीवनयापन गर्नका लागि कुनै पनि सम्भावना नरहेको भन्दै हरेक युवा- युवतीहरु विदेश तिर पलायन हुने क्रमहरु चलिरहेको बेला यसरी आफ्नै स्वदेशमा व्यवसायीसंग जोडिनु पर्छ भनेर उद्योग संचालनमा ल्याउने संचालकलाई नगर प्रमुख चौधरीले हार्दिक धन्यवाद सहित सफलताको बधाई समेत दिए ।
त्यस्तै उप-प्रमुख योगीले उद्योगको सफलताको शुभकामना दिदै आगामी दिनमा नगरपालिकाद्वारा दिइने विभिन्न सीपमूलक तालिमहरुमा सहभागी भएर सीप प्राप्तगरि अझै थप व्यवसायीमा अब्बल भएर लाग्न आग्रह गरिन् ।
उक्त उद्योगमा विषेश गरेर स्वीटर,डल कुशन,झोला तथा सांस्कृतिक भेषभुषाका पोशाकहरु सुपथ मूल्यमा पाइनुका साथै सांस्कृतिक भेषभुषाका कपडाहरु क्लब र विवाह,पूजा एवं मेला महोत्सवहरुका लागि भाडामा दिइने उद्योग संचालक रुपा रोका मगरले जानकारी दिइन् ।उनले लमही नगरपालिकाले आयोजना गरेको डल र बुटिक बनाउने तालिममा सहभागी भएकि थिईन । सिकेका कुरालाई ब्यबहारमा लागु गर्न पसल उद्योग गरेकि हुन् । मेड्पा कार्यक्रम अन्तरगत उद्यमी बन्न उनी तालिममा सिकेका कुरालाई ब्यबहारमा लागू गर्दै उद्यमी बनेकि छिन् । माया ग्यालरी फेसबुक पेज पनि संचालन रहेको र त्यसमा सामानहरु पोष्ट हुने जानकारी दिइन् ।
उद्योग उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य कुलबहादुर बुढा,लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश ठेडी थापा,युवा व्यवसायीक दिल्लीराज खनाल,शिक्षिका हिमा थापा,पत्रकारहरु टेकबहादुर पुन,प्रिया स्मृती गज्मेर,मेगमन बुढा लगायतको सहभागीता रहेको थियो ।