२०८२ फाल्गुन २५ सोमबार
२०८२ फाल्गुन २५ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

राष्ट्रिय कविता महोत्सवमा सम्मानित भए थारु कवि छविलाल कोपिला :

काठमाडौ। राष्ट्रिय कविता महाेत्सवमा थारु कवि छविलाल काेपिला सम्मानित भएका छन।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा विभिन्न भाषाका उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले असोज ७ गते सोमवार नगदसहित सम्मान गरेका छन् ।

राष्ट्रपतिको शीतल निवास, महराजगञ्चमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सबैजसो पदाधिकारी उपस्थित थिए ।
पुरस्कारको रकम नगद ३० हजार रहेको छ ।

पुरस्कृत हुनेमा अग्र आवाज (नेपाली भाषा), अनिता न्यौपाने (नेपाली भाषा), अञ्जान प्रदीप (नेपाली भाषा), छविलाल कोपिला (थारु भाषा), दिलिप बुढामगर (मगर खाम), रुमानी कुलुङ (नेपाली भाषा), रुपक ‘जमरा’ घलान (तामाङ भाषा), रेजिना खालिङ (खालिङ भाषा), शर्मिला दुलाल (नेपाल भाषा ) र सुमन सहयात्री योङहाङ (नेपाली भाषा) रहेका छन् ।

थारु भाषिक समुदायबाट दाङ देउखुरीका छविलाल कोपिला पहिलो पटक पुरस्कृत भएका हुन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।