दाङ राजपुर,भाद्र -४। राजपुर गाउँपालिका वडा नम्बर २ बेला/ सालघारी टोलका स्थानीय बासिन्दाहरु आफ्नो टोल आफै सफा गरेका छन् । आफ्नो टोल वरिपरिको वातावरण अस्वच्छ भए रोग फैलिने, दुर्गन्ध आउनुको साथ साथै बस्न नै असहज हुने भन्दै टोलका मानिसहरूले फोहरलाई छुट्याएर संकलन गर्ने, नाली सफा गर्ने, सामूहिक सरसफाइ अभियान चलाउने, र बोट बिरुवा रोप्ने जस्ता काममा सक्रिय हुन थालेका छन् ।

यस प्रकारको कार्यले मानिसको स्वास्थ्यमा सुधार ल्याउने मात्र नभई टोललाई सुन्दर, व्यवस्थित र बस्न लायक बनाउँने भन्दै सडकमा उत्रिएका हुन् ।

एका तर्फ सरसफाइले टोलवासीबीचको एकता, सहकार्य / सचेतना बढाउँछ भने अर्को तर्फ “सफा टोल, स्वस्थ जीवन” भन्ने सोच राखेर सरसफाई कार्यक्रम अघि बढाउँदा राम्रो काममा अब अर्काको मुख ताक्न नपर्ने र यसले जनचेतना समेत फैलाउन मद्दत पुर्याउने भएकोले यो सरसफाइ कार्यक्रमको आयोजना गरिएको सहभागी एक स्थानीयले बताए ।
























