२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुरमा २ दिने प्रार्थना व्यवस्थापन एवम् साङ्गितिक PT तथा १ दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न, शिक्षा अधिकृतको २ महिने कार्यकालमै परिवर्तनको अनुभूति:

दाङ देउखुरी/ राजपुर-पौष १०।राजपुर गाउँपालिकामा २ दिने प्रार्थना व्यवस्थापन एवम् साङ्गितिक PT तथा १ दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम यही पौष ८,९ र १० गतेका दिन सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालयको शैक्षिक वातावरण सुधार, शिक्षकको पेशागत क्षमता विकास तथा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयबाट मावितर्फ दुई-दुई जना र आधारभुत तहतर्फका एक–एक जना शिक्षकलाई २ दिने प्रार्थना व्यवस्थापन एवम् साङ्गितिक PT कार्यक्रममा सहभागी गराइएको थियो भने तेस्रो दिन व्यवहारिक उत्प्रेरणासम्बन्धी तालिममा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको साथै अभिभावक , विद्यार्थीहरुको समेत सहभागितामा भएको थियो ।

oplus_1026

यसैबीच राष्ट्रिय प्रशिक्षक हरिस वलीले सहभागी सबैलाई प्रशिक्षण दिदै व्यवहारिक अभ्यास, साङ्गितिक संकेतमार्फत सकारात्मक सोच विकास, विद्यालयमा अनुशासन तथा शिक्षक तथा विद्यार्थीको मनोबल अभिवृद्धिका लागि माया बाड्नु पर्नेमा जोड दिनु भएको थियो ।

Oplus_131072

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यालय प्रतिनिधिहरूले शिक्षा अधिकृत बासुदेव खनालको केवल दुई महिने कार्यकालमै राजपुरको शिक्षा क्षेत्रमा देखिएको सक्रियता, समन्वय र सकारात्मक परिवर्तनको अनुभूति भएको बताएका छन्। उनीहरूका अनुसार विद्यालय अनुगमन, शैक्षिक गतिविधिमा चासो र शिक्षक–प्रशासनबीचको सहकार्यमा उल्लेखनीय सुधार देखिएको छ।
सहभागीहरूले यस्ता उत्प्रेरणामूलक कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर, नैतिक मूल्य र विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा थप सुधारात्मक पक्षमा निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

कार्यक्रमको समापन गर्ने क्रममा राजपुर गाउँ पालिका अध्यक्ष शरद कुमार बुढाथोकीले शिक्षा क्षेत्रको सुधारका लागि आँफु लागि रहेको बताए।

Oplus_132098
oplus_2

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।