२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार
rapti gyalaxy
previous arrow
next arrow

रसुवा घटनापछि दाङ राजपुर–७ की २८ वर्षीया लक्ष्मी बुढाथोकी सम्पर्कविहीन, खोजीकालागि आग्रह

दाङ, भाद्र -११ । दाङको राजपुर गाउँपालिका–७ घर तथा सल्यानको शारदा नगरपालिका–१३ माइती भएकी २८ वर्षीया लक्ष्मी बुढाथोकी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरे क्षेत्रबाट सम्पर्कविहीन भएकी छन्।
बुढाथोकी कामको सिलसिलामा माइती पक्षका आफन्तसँग उक्त क्षेत्रमा गएको बताइएको छ। रसुवामा भएको घटनापछि उनी परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजी भइरहेको छ।
लक्ष्मी सम्पर्कविहीन भएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन्। उनलाई सुरक्षित रूपमा सम्पर्कमा ल्याउन सहयोग गरिदिन राजपुर गाउँपालिका–७ का वडा सदस्य प्रमोद बस्नेतले सबैमा आग्रह गरेका छन्।
कसैले लक्ष्मी बुढाथोकीलाई कतै फेला पार्नु भएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराइदिनुहुन समेत आग्रह गरिएको छ।
लक्ष्मी बुढाथोकीबारे कुनै जानकारी प्राप्त भएमा राजपुर–७ का वडा सदस्य प्रमोद बस्नेतको सम्पर्क नम्बर ९८५७८४०१३४ मा जानकारी गराइदिन अनुरोध गरिएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।