दाङ देउखुरी । मोटर साइकलको ठक्करबाट गम्भीर घाइते भएका विकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-६ कुलमोहर बस्ने वर्ष ४६ का मंगल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी रहेका थिए । विकलाई बिहीबार हिजो मोटरसाइकलले ठक्कर दिएको थियो ।
पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटर साइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकल यात्री विकलाई ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए ।
त्यस्तै गम्भीर घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर – ८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।