२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

प्याब्सनको ३५औँ स्थापना दिवसको अवसर गौसंरक्षणका लागि प्याब्सन गढवाबाट गौशालालाई सहयोग:

दाङ देउखुरी / गढवा । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को ३५ औँ स्थापना दिवसको अवसरमा प्याब्सन गढवाले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गढवा गाउँपालिका – ६ मनिकापुरस्थित गौशालालाई सहयोग सामग्री हस्तान्तरण गरेको छ।

स्थापना दिवसलाई औपचारिक कार्यक्रममै सीमित नगरी समाजोपयोगी कार्यसँग जोड्दै प्याब्सन गढवाले गौशालामा रहेका गाईहरूको संरक्षण र पोषणमा टेवा पुर्‍याउने उद्देश्यले ब्रान्ड नुन तथा क्याल्सियम सहयोग स्वरूप प्रदान गरेको हो। उक्त सामग्री गौशाला व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर पुन लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा प्याब्सन गढवाका अध्यक्ष बिकास रजौरे सहित अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष रजौरेले शिक्षासँगै सामाजिक उत्तरदायित्व वहन गर्नु प्याब्सनको मूल भावना भएको बताए ।
“प्याब्सन केवल शैक्षिक संस्था मात्रै होइन, समाजप्रति उत्तरदायी संगठन पनि रहेको बताउँदै गौसंरक्षण हाम्रो संस्कृति र पहिचानसँग जोडिएको विषय भएकाले यसमा सानो भए पनि योगदान दिन पाउँदा खुशी लागेको छ,” अध्यक्ष रजौरेले भने ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर पुन ले प्याब्सन गढवाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले गौशालाको दैनिकी व्यवस्थापनमा ठूलो राहत पुगेको बताउनुभयो।
“गौशालामा रहेका गाईहरूको स्वास्थ्य र पोषणका लागि ब्राण्ड, नुन र क्याल्सियम अत्यावश्यक सामग्री हुन्। प्याब्सन गढवाबाट प्राप्त यो सहयोग निकै महत्वपूर्ण छ,” पुनले भने ।
कार्यक्रममा सहभागी प्याब्सन गढवाका पदाधिकारी तथा सदस्यहरूले आगामी दिनमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थापना दिवसको अवसरमा गरिएको यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको भनाइ रहेको पाइएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।