२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

पाँच किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो बढी सुन सहित तीन जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुन सहित तीन जनालाई पक्राउ गरिएको हो ।

एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ रइ नोङ फुलाई उक्त सुनससहित नियन्त्रणमा लिइएको उनको भनाइ छ । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा जाँचगर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा सो सुन फेला परेसँगैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको उनको भनाइ रहेको छ ।

त्यस्तै नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।