२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

नेसनल प्याब्सन कास्कीमा नयाँ नेतृत्वको सपथ ग्रहण कार्यक्रम

 कास्की । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) कास्की जिल्लाको शनिबार नयाँ नेतृत्वको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नेसनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणाले निजी तथा आवासीय विद्यालयहरूको समग्र विकास र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा एसोसिएसनको योगदान महत्त्वपूर्ण रहेको बताउँदै, नयाँ नेतृत्वले आगामी दिनमा शिक्षा क्षेत्रमा थप सकारात्मक पहल गर्ने आशा व्यक्त गरिन्।

कार्यक्रमका संयोजक तथा केन्द्रिय बरिष्ठ उपाध्यक्ष एवं केन्द्रिय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराईले एसोसिएसनले विद्यार्थी र शिक्षक दुवैका लागि गुणस्तरीय शिक्षा र प्रशासनिक सुधारमा निरन्तर काम गर्दै आएको बताए। उनले नयाँ योजनाहरू लागू गरेर विद्यालयहरूको प्रगति र विश्वसनीयता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

निवर्तमान राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय संगठन विभाग संयोजक पाण्डव हमाल ठकुरीले एसोसिएसनको लामो इतिहास र योगदानको समीक्षा गर्दै, नयाँ नेतृत्वले संस्थालाई अझ व्यवस्थित र समर्पित रूपमा अघि बढाउनेमा भरोसा व्यक्त गरे।

यसैबिच पूर्व राष्ट्रिय अध्यक्ष तथा पदेन प्रमुख शिक्षा नीति तथा प्रशिक्षण आयोग कर्ण बहादुर शाहीले शिक्षा नीति र तालिम कार्यक्रमका क्षेत्रमा एसोसिएसनले खेलेको भूमिका स्मरण गर्दै, आगामी दिनमा विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नेतृत्वले ठोस कदम चाल्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा कास्की जिल्ला अध्यक्ष रोशन कोइराला, उपाध्यक्ष विकल पौडेल, सचिव प्रतिभा के.सी., कोषाध्यक्ष कमल थापा, र सदस्यहरू अर्जुन आचार्य, मार्कण्ड अधिकारी र जीवन गोर्खालीले पनि सपथ ग्रहण गरेका थिए। कार्यक्रमको व्यवस्थापन केन्द्रिय उपसमिति संयोजक कमल रानाभाटले गरेका थिए। यस क्रममा जिल्ला अध्यक्ष कोइरालाले प्रतिबद्धता मन्तव्य प्रस्तुत गरे भने संस्थाको लोगो हस्तान्तरण पनि प्रमुख अङ्गका रूपमा सम्पन्न भएकाे थियाे।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।