२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

नेशनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुँदै , विधान संशोधन मुख्य एजेन्डा:

काठमाडौं । नेशनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुने, विधान संशोधन मुख्य एजेन्डा
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले विशेष अधिवेशन आयोजना गर्ने भएको छ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ साल कार्तिक १४ र १५ गते चितवनमा विशेष अधिवेशन हुन लागेको हो।

नेशनल प्याब्सनद्वारा प्रकाशित सूचनाअनुसार अधिवेशन चितवनको सौराहास्थित युनिक वाइल्ड रिसोर्ट प्रा.लि.मा दिउँसो १ बजे आयोजना हुनेछ। विशेष अधिवेशनमा संगठनको विधान संशोधनसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ। सूचनामा उल्लेख भएअनुसार गृह मन्त्रालयको निर्देशन, उच्च अदालत पाटनको आदेश तथा मन्त्रालयबाट पुनः जारी भएको पत्रसमेतका आधारमा केन्द्रीय कार्यसमितिले तयार पारेको विधान संशोधनको पाँचौँ प्रस्तावमाथि छलफल हुनेछ।

नेशनल प्याब्सनले अधिवेशनमा सहभागी भई प्रस्तावित विषयमा छलफल तथा निर्णय प्रक्रियामा योगदान पुर्‍याउन सदस्य विद्यालयहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ। संगठनको विधानको दफा २०.१ बमोजिम विशेष अधिवेशन आह्वान गरिएको सूचनामा उल्लेख छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।