- गढवा ,श्रावण -१३। दाङ देउखुरीको गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधि संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रीय कार्यालय गढवा दाङको आयोजनामा नागपञ्चमी गुडिया तथा ५२८ औँ तुलसी जयन्ती सावन,कजरी गायन घुघुरी वितरण तथा सम्मान कार्यक्रम आज आइतबार गढवा -६ बनकट्टी स्थित अवधी संग्रहालय निर्माणस्थलमा सम्पन्न भएको छ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र गाउँपालिका पुर्व अध्यक्ष सहजराम यादवको विशिष्ट अतिथित्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अवधी कला भाषा साहित्य परमपरालाई जगेर्न गर्न लाई प्रतिष्ठानले ठुलो भुमिका निर्वाह गर्दै आएको बताउनुभयो। मौलिकता लाई जस्ताको यस्तै संरक्षण गर्दै बचाईरहनु समुदायको सुन्दर पक्ष भएको बताए ।
पछिल्लो समयमा समाजमा मौलिक भेषभुषा चाडपर्व र रितिरिवाजमा बिकृती भित्रिदै गएको भएपनि यादव समुदायमा परम्परागत रूपमा चल्दै आएको भेषभुषा, गित संगितलाई जस्ताको त्यस्तै संरक्षण गर्दै आउने पुस्तालाई संरक्षणको जिम्मेवारी आभास गराउदै आएको महशुस भएको बताए । नव पुस्तालाई नयाँपनको आवश्यकता महसुस गरेकाले त्यही अनुसार सकरात्मक नयाँपन दिन आवश्यक रहेको समेत बताए। संग्रहालय निर्माणको लागि जग्गा व्यवस्थापनमा र बजेट सदुपयोग गर्नेबारेआँफु चिन्तित र गम्भिर रहेको बताए। प्रतिष्ठानका लागि आँफु निरन्तर पालिकादेखि केन्द्रसम्म समन्वय गरीरहेको तर तत्काल जग्गा संस्थाको नाममा आएर बजेट सदुपयोग गर्न चुनौतीपुर्ण रहेकोले बिकल्प खोज्न सरोकारवाला संग बृहत छलफल गरी निकास निकाल्ने बताउँदै कला संस्कृतिलाई लोप हुन नदिन गढवा गाउँपालिकाले हरेक बर्ष नागपञ्चमी अर्थात् गुडियाको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ। अवधी समाज बिशेष गरी गढवा गाउँपालिका यादव समुदायले नागपञ्चमी गुडिया पर्वलाई आफ्नौ मौलिक रुपमा मान्दै आएको ठुलो पर्वको रुपमा रहेकोले गुडियाको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिन थालेको पालिका अध्यक्ष शर्मा पोख्रेलले बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिला दिदिबहिनीहरुले प्रस्तुत गरिएको गित शतप्रतिशत मौलिक भएको भन्दै तारिफ समेत गरिन।आजको मौलिकपनलाई नयाँ पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्नसके अवधी संस्कृतिक संरक्षणमा ठुलो योगदान पुग्ने उपाध्यक्ष चौधरीले बताइन।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका निवर्तमान पालिका अध्यक्ष सहजराम यादवले अवधी संग्रहालय निर्माणका जग्गा व्यवस्थापन गरी अवधी संग्रहालय निर्माणको जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्न पालिकालाई अनुरोध गरे। अवधी संग्रहालयका लागि ३ करोड बजेट बिनियोजन गरिनु अवधी भाषी समुदायको लागि खुसीको खबर भएको बताउदै यादवले अबको मुख्य जिम्मेवारी जग्गा व्यवस्थापन गरी अवधी संग्रहालय निर्माणको प्रक्रिया अघि बढाउनु पर्नेमा स्पष्ट पारे।
त्यसैगरी सोही कार्यक्रममा अवधी भाषाको गित र पहिरनको माध्यमले लोक संस्कृतिको संरक्षण गरेको भन्दै विभिन्न विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।
नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय समिति उपाध्यक्ष गिता यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रतिष्ठानकी कोषाध्यक्ष राम कुमारी यादवद्वारा भएको थियो ।
नागपञ्चमी अर्थात् यादव समुदायको गुडिया पर्व । यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व जुन दिन आठ प्रकारको अष्ट नागको पुजा बिशेष किसिमले गर्ने गरेको देउखुरीका यादव समुदायका जानकारहरु बताउँछन् ।
नागपञ्चमी अर्थात् गुडिया पर्वको पुजा सामाग्री आफ्नो पैसाले किन्न नमिल्ने भएर गाउँ/टोल बाट भिक्षा मागेर पुजा सामाग्री किन्ने प्रचलन रहेको छ। यसो गर्नाले नाग देवता खुसी हुने जनबिश्वास रहि आएको छ। समुदायका महिलाहरु एक ठाउँमा जम्मा भएर नाग, बिच्छी गोजर लगायतको आकार बनाई पुजाआज गर्ने चलन रहेको यादव समुदायका जानकारहरु बताउँछन् । यादव समुदायले गुडियाको दिन सनातन धर्मावलम्बीले आआफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबर र गहुँको पिठोको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गर्नाले, टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वास रहि आएको छ।
गुडियाको दिन यादव समुदायले आफ्ना छोरी चेली लाई घुघुरी दिने प्रचलन समेत रहेको छ। घुघुरी को मतलव चेलीबेटी लाई दक्षिणाको रुपमा दिइने गरीन्छ । र गुडियाको निम्तोदिन घरमै पुग्नु पर्ने हुन्छ। दिदि बहुनी फुपुहरुलाई घुघुरी दिन जाँदा दाई भाई बुवा भतिजो लाई अंगालो हालेर रुने चलन त अनौठो मानिन्छ। पछिल्लो समयमा कला संस्कृतिमा बिकृति भित्रिएपछी यादव समुदायमा यो प्रचलन भने आज सम्म जिबितै रहेको पाईन्छ ।
कार्यक्रममा अवधीभाषा झल्किने लोक संस्कृति रितिरिवाज परम्परा झल्काउने सावन कजरी गित प्रस्तुत गरिएको थियो।
पछिल्लो समयमा लोक संस्कृतिको नाममा बिकृति भित्रिए पनि यादव समुदायमा कैयन चार्डपर्वहरु परमपरागत रुपमा झै मनाउदै लोक संस्कृति संरक्षण गर्दै अघि बढेको पाइन्छ। नागपञ्चमीमा दाई भाईले दिदि बहिनिका लागि घुघुरी दिने परम्परा एक अद्भुत र अनौठो परम्परा छ, जहाँ दाजु भाईले घुघुरी दिन जाँदा दिदि बहिनिहरुले दिदि भाई बुवा लाई छोपेर जोड जोडले आवाज निकालेर रुने प्रचलन आज पनि यथावत् रहेको पाइन्छ।
























