२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

नाकाको एक टोलिले बुझायो राजपुर गाउँपालिकामा ज्ञापनपत्र:

दाङ राजपुर , भाद्र २८ ।

दाङ जिल्ला राजपुर गाउँपालिका वडा नम्बर १ नाकामा हाल देखा परेका समस्यालाई समाधान गर्ने गराउने उद्देश्य लिएर खैरेनी सा. ब. उ. स. सुकौली नाकाको अध्यक्ष देविराम सुनारको नेतृत्वको एउटा टोलीले यहि भाद्र २७ गते राजपुर गाउँपालिकाको कार्यालयमा पुगि पालिका अध्यक्ष शरद कुमार बुढाथोकीलाई ज्ञापन पत्र बुझाएको छ ।

राजपुर गाउँ पालिका १ अनर्तगत पटौली नाकामा सप्पन्न इकाई स्वास्थ्य भवनमा झ्याल / ढोका,पेन्टको अवस्था , गुरुङ्गनाकाको पुर्व-पश्चिम् सडक निर्माण अलपत्र अवस्था,बेला -माररीखोला हुँदै सिरिया नाका सडक क्रमागत बजेट कटौती भएको अवस्थाले नाकावासी थप पछाडी परेको उल्लेख गर्दै ३ बुदे माग राखी ज्ञापनपत्र बुझाएको पाईएको छ ।
ज्ञापन पत्र मार्फत – उल्लेखित लथालिङ्ग अवस्थाका कार्यहरु गर्ने निकायलाई स्थलगतरूपमा उपस्थित गराई कार्य सम्पन्न गराउनु पर्ने, बेला- मारारीखोला हुँदै सिरिया नाकाको बाटोमा क्रमागत बजेटलाई निरन्तरता दिई कार्य अघि बढाउनुपर्ने र बिकाश निर्माणमा पर्ने बजेटको कार्य सम्पन्न गर्न गराउनका लागि स्थानीय उपभोक्ता समिती गठन गरि उक्त कार्य सप्पन्न गर्ने वातावरण मिलाउनुपर्ने रहेको छ ।

ज्ञापन पत्र बुझ्दै पालिका अध्यक्ष शरद कुमार बुढाथोकीले आँफु निर्वाचित हुनु भन्दा अघिल्लो ५ वर्षे कार्यकाल अवधीमा लथालिङ्ग अवस्थामा रहेका पुर्वाधारहरु पुनर्निर्माण कार्यमा आजसम्म लागेको र अब नाकाका समस्याहरुलाई समाधान तर्फ लागिने भन्दै ज्ञापन पत्रप्रती सकारात्मक रहेको पाइएको छ।
ज्ञापन पत्र बुझिबुझाईसके पष्चात अध्यक्ष उपाध्यक्ष र टोलिप्रतिनिधिबिच केहिबेर छलफल समेत भएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।