टोपेन्द्र खनाल/जलबराह मिडिया । नेपालमा राजनीतिक अस्थिरता, बिग्रदो शासन प्रक्रिया र भ्रष्टाचार प्रवृत्ति रोक्नै पर्छ भन्ने अवस्थाका कारण विद्यार्थीहरुको भविष्य ठूलो जोखिममा परेको छ। सडक प्रदर्शन र राज्य आतंकमा परी, कयौँ निर्दोष विद्यार्थीको ज्यान गुम्यो, जसले अभिभावकहरूमा अपूरणीय क्षति र गहिरो पीडा ल्याएको छ।
सार्वजनिक सम्पत्ति , सरकारी कार्यालयहरुमा ठूलो क्षति पुगेको छ। स्कुल बन्द र पढाइ रोकिनुले विद्यार्थीहरूको उज्यालो भविष्य थप प्रभावित भएको छ।
विशेषगरी प्रदर्शनका क्रममा मृत्यु भएका विद्यार्थीका अभिभावकप्रति गहिरो सहानुभूति व्यक्त गर्नुपर्छ। उनीहरूले न्याय पाउनुपर्ने स्पष्ट छ, जसका लागि देशमा स्थिर शासन व्यवस्था अब अपरिहार्य छ।
निर्दोष विद्यार्थीको न्याय सुनिश्चित गर्न, भ्रष्टाचार रोक्न र शिक्षा कायम राख्न तुरुन्त कदम उठाउनुपर्छ। सबै पक्ष मिलेर हिंसा रोक्नुपर्छ। Gen-z ले उठाएका एजेन्डाहरुको मर्म बुझी यो देशलाई नयाँ ढङ्गले हामी सबैले अघि बढाउनुपर्छ ।
























