दाङ देउखुरी । देउखुरी पुस्तक तथा स्टेशनरी व्यवसायी समितीको १२ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन समितीका अध्यक्ष सुशील खनालको अध्यक्षता , लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष भैरव बहादुर रावलको प्रमुख आतिथ्य , लुम्बिनी प्रदेश समितीका सचिब दिपक भुसालको विशिष्ट आतिथ्यमा कार्तिक २४ गते देउखुरीको लमहीमा सम्पन्न भएको छ ।
उक्त भेलाबाट सर्वसहमतीको आधारमा पदम प्रसाद भण्डारीलाई अध्यक्ष पदमा चयन गरिएको छ। प्रथम उपाध्यक्षमा भैरव बहादुर रावल, द्वितीय उपाध्यमा भानु प्रसाद यादव , सचिबमा तारा प्रसाद चुदाली, कोषाध्यक्षमा हेमराज लामा, सह सचिबमा केशव प्रसाद भट्टराई चयन भएका छन भने सदस्यमा शिव प्रसाद भुसाल, बिक्रम भण्डारी ,सुवाश भण्डारीलाई चयन गरिएको छ ।
लक्ष्मी प्रसाद चौधरी तथा महेश सुवेदी सदस्य रहने गरि हरि प्रसाद पोख्रेलको संयोजकत्वमा एक आर्थिक लेखा समिती समेत चयन गरिएको छ ।
समितीका प्रथम उपाध्यक्ष नारायण भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव तारा प्रसाद चुदाली तथा कोषाध्यक्ष हेमराज लामाद्वारा प्रस्तुत प्रतिवेदनलाई भेलाले सहजै अनुमोदन गरेको थियो भने कार्यक्रमको संचालन सचिब तारा प्रसाद चुदालीद्वारा गरिएको थियो ।