२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीको राजपुर -१ कठबेरुवामा २ दिने होमस्टे सम्बन्धीको तालिम सुरु :

दाङ देउखुरी । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा दुई दिने होमस्टे सम्बन्धि तालिम मानव कल्याण संरक्षण केन्द्र दाङका अध्यक्ष प्रदीप मजगैंयाको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवको प्रमुख आतिथ्यतामा मंगलबारदेखि सुरु भएको छ ।

राजपुर गाउँ पालिका–१ मा थारु सामुदायिक होमस्टे, ॐ शिवशक्ति सामुदायिक होमस्टे, गुरुङ खोला मगर सामुदायिक होमस्टे, माररीखोला सामुदायिक होमस्टे र रसरी खोला सामुदायिक होमस्टे तथा वडा नम्बर ६ मा एक वटा गरि जम्मा ६ वटा सामुदायिक होमस्टे रहेका छन । तर अहिले ४ वटा होमस्टे संचालनमा रहेका छन ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवले ग्रामिण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना गर्ने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने एउटा रोजगार भएको बताईन । ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने, ग्रामिण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेशी, आदिवासी जनजाती र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने गरि राज्यले यो कार्यक्रम ल्याईएको उपाध्यक्ष यादवको भनाई छ ।

होमस्टे संचालन गर्दा के–के कुराको अभाव छ, आवश्यकता के हो भन्ने कुराको महत्व बुझेर विवरण पालिकामा पठाउन होमस्टे
संचालकहरुलाई आग्रह समेत गरिन । मानव कल्याण संरक्षण केन्द्र दाङले आज मंगलबार र बुधबार दुई दिन दिन लागेको होमस्टे संचालन तालिममा बोल्दै उपाध्यक्ष यादवले मानव कल्याणले राजपुरमा धेरै सामाजिक काम गरि विपन्न बर्गको उत्थानमा सहयोग पुर्याएको बताईन । तालिम सिकेर मात्र हुँदैन, सीपलाई व्यवहारमा उतार्नु पर्ने र आर्थिक रुपमा बलियो बन्न सक्नु पर्ने धारणा राखिन । घरवपर सरसफाई राख्ने, सडक बाटो फराकिलो गराउने, जैविक बिबिधताहरुको संरक्षण गर्न पनि स्थानीयहरुलाई उपाध्यक्ष यादवले आग्रह गरेकी छिन् ।
यसैगरी राजपुर गाउँपालिका–१ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीले दुर्गम बस्तिलाई सुगम गराउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए । यहाँका मानिसहरुको आय स्तर बढाउनका लागि पर्यटनसंग जोडिनु पर्ने बताए । यहाँका किसानले उत्पादन गरेका कृषि खाद्य बस्तुले उचित मूल्य नपाईरहेको बेला राम्रो व्यवस्थापनका साथ होमस्टे संचालन गर्न सके टेवा पुगाउने कुरामा आफू विश्वस्त भएको बताए । वडा नम्बर १ प्रकृति र प्राकृतिक रुपमा धनी वडा हो, यहाँ थुप्रै संभावना रहेको छ, प्रकृतिले दिएको अमुल्य बस्तुहरु उपयोग गरेर आर्थिक समृद्धि ल्याउन सकिने वडा अध्यक्ष चौधरीको भनाई छ ।

संचालन रहेका होमस्टेमा फरक फरक प्रकारका परिकार पाइन्छ । शाकाहारी र मांसाहारी गरि दुवै प्रकारका खानेकुरा पाइने वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीले बताए। यहाँ आउने पाहुनाहरुलाई वन जंगलको सफारीदेखि लिएर होमस्टेमा राम्रो स्वागत सत्कार मिल्नेछ’– उनले भने ।

यहाँका होमस्टे संचालकहरुलाई मानव कल्याण संरक्षण केन्द्र दाङले मंगलबार देखि बुधबारसम्म दुई दिने तालिमको आयोजना गरेको छ । उनीहरुको परम्परागत व्यवसाय गर्ने शैलीमा नयाँपन आउन सकोस् र आर्थिक रुपले फाइदा मिलोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको मानव कल्याण संरक्षण केन्द्र दाङका अध्यक्ष प्रदीप मजगैयाँले बताए । मानव कल्याण संरक्षण केन्द्र दाङका अध्यक्ष मजगैंयाले स्थानीय उत्पादनलाई सस्तोमा उपयोग गराउने, स्थानीय परिकार खुवाउने, होमस्टे संचालन गरेका स्थानमा संरक्षित बस्तुहरुको अध्ययन अवलोकन गर्ने नै होमस्टे संचालनका मुख्य आधार भएको बताए । देउखुरीलाई चिनाउने एउटा ठाउँ बन्न सक्ने प्रचुर संभावना भएको उनको भनाई छ ।

राजपुर गाउँपालिका होमस्टे महासंघका अध्यक्ष लाल बहादुर बुढा मगरले शौचालय, कोठा, ओढ्ने ओछ्याने कपडाहरुको राम्रो प्रवन्ध गराउने कुरामा होमस्टे संचालकहरु चनाखो हुनु पर्ने अध्यक्ष मगरको बुझाई छ । वडामा भएका होमस्टे संचालकहरुले कुन होमस्टेलाई के कुराको आवश्यकता छ, ती कुराको पहिचान गरेर मात्र स्थानीय सरकारसंग बजेटको माग गर्नु पर्ने बताए ।

फिल्ड सहजकर्ता सोनि थारु कुमालले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन मानव कल्याण वातावरण संरक्षण केन्द्रका शिक्षा प्रमुख राममोती चौधरीले गरेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।