२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीको धानखोला र कालाकाटेमा डस्टबिन बितरण :

दाङ देउखुरी । दाङ देउखुरीको गढवा उद्याेग बाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला ब्यबस्थापनका लागि मंगलबार डस्टबिन बितरण गरेकाे छ ।

संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज धानखाेला र कालाकाटे पुगेकाे उद्योग बाणिज्य संघकाे टाेलिले १५ थान डस्टबिन बितरण गरेकाे हाे । कपिलवस्तु जिल्लाकाे सिमा छाेएकाे धानखाेला बजारमा फाेहरमैला ब्यबस्थापन गर्न चुनाैति रहेकाे बताउदै संघका अध्यक्ष बसेलले पालिकासँग समन्वय गरेर स्थायी रूपमा फाेहरमैला ब्यबस्थापन गरिने बताए ।

त्यस्तै ब्यबसाय तथा हाेटलबाट निस्किएका कुहिने तथा नकुहिने फाेहरलाई छुट्याई निश्चित स्थानमा ब्यबस्थापन गर्न जरूरी रहेकाे बताउदै अध्यक्ष बसेलले दाङकाे प्रबेशद्वार धानखाेलालाई चाडवाडकाे अवसरमा सजिसजाउ गर्नुपर्ने बताए । धानखाेलालाई आकर्षणकाे केन्द्र बनाउन चाडपर्वमा पतङ्गा,रंगराेगन गर्न स्थानिय बजार ब्यबस्थापन समिति लाग्नु पर्ने बताउदै उनले उद्योग बाणिज्य संघले सक्दाे सहयाेग गर्ने बताए ।

कार्यक्रम संघका उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, काेषाध्यक्ष दुखहरण यादब, सदस्यहरू राजन खनाल रमेश कुमार बजगाई,धानखाेला बजार ब्यबस्थापन समितिका अध्यक्ष, पदाधिकारी,सदस्यहरू,स्थानिय ब्यबसायी तथा पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागिहरूले उद्याेग बाणिज्य संघले गरेकाे कामकाे प्रशंसा गर्दै फाेहरमैलालाई निश्चित रूपमा ब्यबस्थापन गर्न पालिकासँग समन्वय गरिदिन आग्रह गरेका थिए ।

स्थायी रूपमा फाेहरमैला ब्यबस्थापन नहुँदासम्म हप्तामा १ दिन मात्र भएपनि पालिकाकाे ट्याक्टर याे स्थानमा आए सहज हुने स्थानीय ब्यबसायीले बताएका छन् । संघकाे बार्षिक कार्ययाेजना अन्तरगत कालाकाटे र धानखाेलामा डस्टबिन बितरण गरिएकाे कार्यक्रमकाे सहजिकरण काेषाध्यक्ष दुखहरण यादवले गरेका थिए।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।