२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

दाङ देउखुरी राप्ती गाउँपालिकाको आठौँ अधिवेशन सुरु :

दाङ देउखुरी / पौष-२५ । दाङ देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन यही पौष २४ गते बिहीबारदेखि सुरु भएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशनको सुरु भएको हो। अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीन वटा विधेयक पेश गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ सभामा पेश गरेकी छिन् । त्यसैगरी सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक, २०८२ र सभा सदस्य तथा सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले कर्मचारीहरूको सेवा, सुविधा तथा शर्त सम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक, २०८२ पेश गरेका छन् ।

यस्तै, सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले राप्ती गाउँपालिकाको दलित सशक्तिकरण सम्बन्धी व्यवस्था विधेयक, २०८२ सभामा पेश गरे । सभामा पेश गरिएका विधेयकहरू अधिवेशनकाे आगामी बैठकमा छलफल गरि निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ। अधिवेशनको शून्य समयमा सभाका सदस्यहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरू उठान गर्नुका साथै साे सँग सम्बन्धित रचनात्मक सुझावहरु समेत राखेका थिए ।

सभाका अध्यक्षसमेत रहेकम गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन तथा जनताको जीवनस्तर सुधारका लागि निरन्तर प्रयत्नशील रहेको बताए । अधिवेशनको आगामी दोस्रो बैठककाे मिति केही दिनपछि सूचना मार्फत जानकारी गराइने बताइएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।