२०८२ चैत्र २८ शनिबार
२०८२ चैत्र २८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

दाङ देउखुरी राजपुर -१ रसरीखोलाको गोराके खोलामा कल्भर्ट नहुँदा विद्यालय कर्मचारी चिन्तित:

दाङ देउखुरी – राजपुर -१, रसरीखोला – राजपुर गाउँपालिका–१, रसरीखोला स्थित रामेश्वरी बाल जनता आधारभूत विद्यालय नजिकै रहेको गोराके खोलामा कल्भर्ट नहुँदा स्थानीय बासिन्दा तथा विद्यालय परिवारले विशेष गरी वर्षातको समयमा गम्भीर समस्या भोगिरहेका छन्।

oplus_2

विद्यालयका कार्यालय सहयोगी तिलबहादुर कामीले खोलामा कल्भर्ट नहुँदा वर्षायाममा आवतजावत अत्यन्त जोखिमपूर्ण हुने गरेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। उनी जलबराह मिडियासँग कुरा गर्दै गहभरी आँसु लिएर भावुक हुँदै भने, “सर–म्याडमहरू टाढाबाट आउनुपर्छ। यस खोलादेखि दक्षिणतर्फ करिब ३५ घरधुरी छन्, जहाँ मेरो पनि घर पर्छ। यही खोलामा कल्भर्ट नहुँदा म आफैं विद्यालय जान सक्दिनँ, अनि बालबालिकालाई विद्यालय कसरी पुर्‍याउने?”

oplus_2

स्थानीयका अनुसार वर्षातको समयमा खोलामा पानी बढ्दा आवागमन पूर्ण रूपमा अवरुद्ध हुने गर्दछ। यसले विद्यालयको नियमित पठनपाठनमा गम्भीर असर पारिरहेको छ भने विद्यार्थीहरूको सुरक्षामा समेत जोखिम बढेको छ।

स्थानीय बासिन्दाले सम्बन्धित निकायसँग पटक–पटक माग राख्दा पनि आवश्यक पहल नभएको गुनासो गरेका छन्। उनीहरूले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र कल्भर्ट निर्माण गर्न जोडदार माग गरेका छन्।

oplus_2

स्थानीय सरकार तथा सरोकारवाला निकायले यसतर्फ चासो दिई छिट्टै समाधान गर्ने अपेक्षा गरिएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।