२०८२ चैत्र २८ शनिबार
२०८२ चैत्र २८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

दाङ देउखुरी गढवाका संस्थागत विद्यालय बैठक सम्पन्न, शैक्षिकसत्र २०८३ को शुल्क निर्धारण सहित विभिन्न निर्णय पारित:

  •  दाङ देउखुरी ।  दाङ देउखुरीको गढवा गाउँपालिका क्षेत्रमा रहेका पालिका स्तरीय संस्थागत विद्यालयका प्रिन्सिपलहरूको संयुक्त बैठक संस्थागत बिद्यालय गढवाका अध्यक्ष विकाश रजौरेको अध्यक्षतामा २०८२ साल चैत्र ९ गते सम्पन्न भएको छ।
Oplus_131072

पालिका क्षेत्रमा रहेका संस्थागत विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको बैठकले आगामी शैक्षिकसत्र २०८३ को शुल्क निर्धारण लगायत अन्य महत्त्वपूर्ण प्रस्तावमाथि निर्णय गरिएको जनाइएको छ।

 

 निर्धारित कक्षागत शुल्क अनुसार
प्ले ग्रुप : भर्ना रु. १८००, मासिक शुल्क रु. १४००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
नर्सरी : भर्ना शुल्क रु. १९००, मासिक शुल्क रु. १५००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
एल.के.जी. : भर्ना रु. २०००, मासिक शुल्क रु. १६००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
यू.के.जी. : भर्ना रु. २१००, मासिक शुल्क रु. १७००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००
कक्षा १ : भर्ना रु. २४००, मासिक शुल्क रु. १८००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा २ : भर्ना रु. २५००, मासिक शुल्क रु. १९००, परीक्षा शुल्क रु. ५००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा ३ : भर्ना रु. २६००, मासिक शुल्क रु. २०००, परीक्षा शुल्क रु. ६००, ECA रु. १५००, कम्प्युटर रु. ३००
कक्षा ४ : भर्ना रु. २८००, मासिक शुल्क रु. २१००, परीक्षा शुल्क रु. ६००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा ५ : भर्ना रु. २९००, मासिक शुल्क रु. २२००, परीक्षा शुल्क रु. ६००, ECA रु. १२००, कम्प्युटर रु. ३००
कक्षा ६ : भर्ना रु. ३०००, मासिक शुल्क रु. २४००, परीक्षा शुल्क रु. ६००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा ७ : भर्ना रु. ३१००, मासिक शुल्क रु. २५००, परीक्षा शुल्क रु. ६००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा ८ : भर्ना रु. ३२००, मासिक शुल्क रु. २६००, परीक्षा शुल्क रु. ६००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा ९ : भर्ना रु. ३३००, मासिक शुल्क रु. २८००, परीक्षा शुल्क रु. ७००, ECA रु. २०००, कम्प्युटर रु. ४००
कक्षा १० : भर्ना रु. ३४००, मासिक शुल्क रु. ३०००, परीक्षा शुल्क रु. ८००, ECA रु. २०००, कम्प्युटर रु. ४००

Oplus_131072

अन्य निर्णयहरूमा:
बैठकले विद्यालय बस सेवा प्रयोग गरे वाफत १ किलोमीटर दुरीसम्म प्रती विद्यार्थी न्युनतम मासिक शुल्क ४५०/- त्यस पश्चात् प्रती किलोमिटर रु. ५०/- को दरले थप गर्दै जाने निर्णय गरिएको छ भने शैक्षिकसत्र २०८३ को लागि २०८३ बैशाख ५ गतेभित्र भर्ना हुनेको लागि भर्ना शुल्कमा १०/% छुट दिने निर्णय पारित गरेको छ।
यसैबीच शैक्षिकसत्र २०८३ को पठपाठन २०८३ बैशाख ५ गते देखि संचालन गरिने निर्णय पारित गरिएको छ ।

Oplus_131072

पारित निर्णय सबैले पुर्णरुपमा पालना गर्न गराउनको लागि लोकराज भुसालको संयोजकत्वमा , दिपक यादव तथा थानेश्वर न्यौपाने सदस्य रहेको रहेको एक समिती समेत गठन गरेको पाइएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।