२०८२ फाल्गुन २५ सोमबार
२०८२ फाल्गुन २५ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

दाङ देउखुरीमा बस–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु,चार जना घाइते:

दाङ देउखुरी , माघ -१ । पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही -७ नयाँबस्तीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

Oplus_131072

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो । दुर्घटना बिहीबार साँझ करिब ५ः३० बजे पुर्ब -पश्चिम सडक खण्ड लमही -७ नयबस्तीमा भएको हो।

लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।त्यस्तै बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी र शिला परियार तथा मोटरसाइकलमा विशाल चौधरीसँगै सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी घाइते भएका छन्। साथै बस धनी सुशील वली पनि घाइते भएको प्रहरीले जनाएको छ।

अहिले घाइतेहरुको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङबाट जानकारी आएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।