२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

दाङ जिल्लाका सञ्चारकर्मी महिलाहरुको भेला घोराहीमा :

दाङ । दाङ जिल्लामा क्रियाशिल सञ्चारकर्मी महिलाहरुको भेला यही पौष १९ गते शुक्रवार घोराहीमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहको अध्यक्षतामा भएको भेलाले दाङमा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुलाई संगठित गर्दै उनीहरुको पेशागत हक हितमा सहयोगी वातावरण सिर्जना गर्ने निर्णय गरेको छ ।
त्यस्तै भेलाले जिल्लामा छरिएर रहेका तथा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुको साझा मञ्चका रुपमा सञ्चारकर्मी महिला समूह दाङ गठन गर्ने निर्णय गरेको छ ।
भेलाले पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष लक्ष्मी आचार्यको संयोजकत्वमा गठित सञ्चारकर्मी महिला समूहको सचिवमा दिप्तीशिखा चौधरी र कोषाध्यक्षमा रोशनी मल्ललाई चयन गरेको छ ।

समूहलाई हाल लुज फोरमका रुपमा अघि बढाउने र सबै समूहको सदस्य रहने निर्णय गर्दै हरेक वर्ष समूहको जिम्मेवारी हेरफेर गर्ने, समूहका सदस्यहरुले नियमित रुपमा मासिक बचत गर्ने तथा आवश्यकता अनुसार कार्यक्रम गर्दै जाने निर्णय गरेको छ भने नियमित बैठक हरेक महिनाको अन्तिम शनिवार गर्ने निर्णय गरिएको छ ।
यसैगरी आगामी बैठक माघ २६ गते शनिवार तुलसीपुरमा गर्ने निर्णय गरिएको छ । भेलामा लक्ष्मी आचार्य, लिला शाह, सुलोचना गौतम, बसुन्धरा गौतम, दिप्तीशिखा चौधरी, रञ्जिता अधिकारी, भावना सुवेदी, कविता डिसी, अनिता पोख्रेल, रचना सुवेदी, सुशिला आचार्य, रोशनी मल्ल, सुशिला वली, प्रेम कुमारी बुढामगर, असिमा घर्ती मगर, पुष्पा पौडेल, रमा नेपाली, सीता देवकोटा, अमृता डाँगीलगायतको उपस्थिती थियो । काम विशेषले भेलामा अनुपस्थित भएका अन्य पत्रकार महिलाहरु समूहमा आवद्ध हुने र भेलाको निर्णय अनुसार जिल्लामा सञ्चारकर्मी महिलाहरु एकतावद्ध भएर जाने भेलाबाट निष्कर्ष निकालिएको छ ।

Oplus_131072

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।