२०८२ मंसिर २१ आईतवार
२०८२ मंसिर २१ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

दाङको तुलसीपुरमा माघ महोत्सव हुँदै :

दाङ । तुलसीपुर उपमहानगरपालिका -५ जबरपुरमा माघ महोत्सव आयोजना हुने भएको छ । थारु समुदायको संस्कृति,रीतिरिवाज र परम्पराको संरक्षण र संवर्द्धनका लागि माघ महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ र नमुना भूह्याँरथानको संयुक्त आयोजना तथा महटवा महासंघ तुलसीपुरको सह-आयोजनामा माघ महोत्सव आयोजना हुने भएको हो । थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बरका अध्यक्ष मोहन कुमार थारु (धरकट्वा) ले परापूर्व कालदेखि रही आएको थारुहरुको महत्वपूर्ण ऐतिहासिक संस्कार र संस्कृति संरक्षण गर्नको लागि महोत्सवको आयोजना गरिएको बताए ।

त्यस्तै थारु भाषा संस्कृति भेष भुषा हमार पहिचान, संरक्षण सम्वर्द्धन ओ विकास कर्ना हमार अभियान भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागेको उनले जानकारी दिए । महोत्सवका अवसरमा पौष २३ र २४ गते विशेष कार्यक्रमहरुको आयोजना गरिने छ । २३ गते धुमरु गीतको प्रस्तुति हुनेछ भने २४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिए ।

तुलसीपुर–५ जबरपुरमा रहेको नमूना भूह्याँर थान संरक्षण समितिका अध्यक्ष रामशरण चौधरीले थारु समुदायको पहिचानसँग जोडिएको गीत,रीतिरिवाज, चालचलन र भाषाको संरक्षणका लागि महोत्सवको आयोजना गरिने बताए । उनले पछिल्लो समय थारु समुदायको परम्परा र संस्कृति विस्तारै हराउँदै गएकोले त्यसको संरक्षण र सम्वर्द्धनका लागि यो महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

यसैबीच महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । आर्थिक सङ्कलन समितिमा इन्द्रजित थारु, नारायण चौधरी, आशा चौधरी,गणेश चौधरी,लोकजन चौधरी,श्रीराम चौधरी,श्रमलाल चौधरी,दिल्लु चौधरी र लालबहादुर चौधरी रहेका छन् । पाहुना सत्कार समितिमा जिवराज चौधरी,बासुदेव चौधरी,शम्भु प्रसाद चौधरी, कमला चौधरी,जगधनी चौधरी र छोटिलाल चौधरी रहेका छन् ।

त्यस्तै मञ्च व्यवस्थापन समितिमा अर्बिन चौधरी, कुमार चौधरी,शङ्कर चौधरी,नन्दलाल चौधरी र सुर्दशन चौधरी रहेका छन् । यसैगरी,सांस्कृतिक व्यवस्थापनमा मोहन चौधरी,मन कुमारी चौधरी, सुनिता चौधरी र अनिता चौधरी,प्रचारप्रसार समितिमा सरिता चौधरी,उदिराम चौधरी,हिरालाल चौधरी र सन्दिप चौधरी रहेका छन् । यस्तै भान्सा व्यवस्थापन समितिमा विष्णु चौधरी,राम कुमारी चौधरी र जङ्ग बहादुर चौधरी छन् भने स्वयंसेवकमा सत्यनारायण चौधरी र गोपिलाल चौधरी रहेको मुल आयोजकले जनाएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।