दाङ देउखुरी ।
शिरमा ढाका टोपि , खुट्टामा प्लास्टिकको चप्पल र पिठ्यूमा भारी बोकि ६० बर्षका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुग्नु भएको छ । हातले बनाएको काठको कोसी उपहार लिएर मुख्यमन्त्री समक्ष दशै खर्च माग्न आउनु भएको हो । सुर्खेत बस्दै आउनु भएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार यहाँ आईपुग्नु भएको हो ।
काठको कोसी , हातैले बनाएको जुन कोसी बनाउन थालेको धेरै भइसक्यो’उहाँले भन्नुभयो,‘मुख्यमन्त्री ज्यू, दशै त आईहाल्यो त! खर्च चाहियो ।’ दशै खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेश सम्म आईपुग्नु भएको छ । ‘साथिहरु आउन थालेका थिए । गाडी चढ्न डराए । उहाँले भन्नुभयो, मरे मै मरुला भनेर आएँ । राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् ।
राउटे समुदाय हरेक बर्ष दशै खर्चको लागी प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रो संग दशै मनाउन शाही मार्फत सन्देश पठाउनु भएको पाईएको छ ।