२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

तुलसीपुरको मजगैमा प्रथम रबि बस्नेत स्मृती कप फुटबल प्रतियोगिता हुँदै:

दाङ तुलसीपुरको मजगैमा प्रथम रबि बस्नेत स्मृती कप नाईन ए साईड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

जागृति टोल बिकास संस्था तुलसिपुर १७ मजगैको आयोजना तथा मजगै फुटबल क्लबको ब्यवस्थापनमा मजगै खेल मैदानमा संचालन हुने प्रतियोगिता यहि असोज १३ गते देखि सुरु हुनेछ ।

२०७९ साल कार्तिक १२ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सामाजिक ब्यक्तित्व स्वर्गीय बस्नेतको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमलाई २९ हजार ९ सय ९९ रुपैया नगद तथा कप,मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै उपबिजेता टिमले १४ हजार ९ सय ९९ रुपैया नगद तथा कप,मेडल प्रमाणपत्र हात पार्ने आयोजक जागृती टोल बिकास संस्थाका अध्यक्ष मोहनलाल बस्नेतले जानकारी दिनु भएकोछ ।

झन्डै एक साता सम्म संचालन हुने प्रतियोगितामा १२ वढी टिमको सहभागिता रहनेछ । असोज ११ गते ४ बजे सम्म टिम दर्ताको समय तोकिएको प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार र टाईसिट असोज ११ गते बेलुकी ५ हुने प्रतियोगिताको ब्यवस्थापनको जिम्मा पाएको मजगै फुटबल क्लबका अध्यक्ष चुर्ण केसिले जानकारी दिनु भएको छ ।

यसैबीच प्रतियोगिता आउन चार दिन बाकी रहदा आयोजकले खेल मैदान मर्मत,टिम दर्ता,प्रचारप्रसार लगाएतका तयारी कार्य लाई तिव्र पारेको जानकारी दिएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।