२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

टिनका छानाको अवस्थाबारे अनुगमन गर्दै संघीय सांसद मेटमणी चौधरी:

दाङ । संघीय सांसद मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रको घरहरुमा लगाइएका टिनका छानाको अवस्था बारेमा मंगलबार स्थलगत पुगेर अनुगमन गरेको पाइएको छ ।

पुर्व शहरी विकास मन्त्री समेत रहेका सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने घोराही उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४ र ५ को वडामा लगाइएको कुल ७ सय २५ घरहरुको अवस्था बारेमा स्थलगत पुगेर बुझेका छन् ।

सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत टिनको छानो लगाएका नागरिकहरुसंग प्रत्यक्ष भेटघाट गरेर सम्पूर्णले टिन लगाए वा लगाएनन् ,टिन लगाउँदा पाइने पहिलो किस्ता र दोस्रो किस्ता पाएकि पाएनन् भनेर सोधपुछ र अबस्थामा बारेमा बुझ्न आँफु स्थलगत पुगेको सांसद चौधरीले बताए । स्थलगत पुगेर त्यहाँको बारेमा बुझ्दा,टिन लगाएका नागरिकहरुले आफुलाई भगवानको रुपमा मानेको बताए । तपाई हाम्रो लागी त भगवानकै रुपमा हुनुहुन्छ,भनेर त्यहाँका नागरिकले धेरै खुशी समेत व्यक्त गरेको सांसद चौधरीले बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा कुल ९ हजार घरधुरी रहेको र अहिलेसम्म ४५ सय घरधुरीमा टिन लगाइसकेको र अब बाकी ४५ सय घरधुरीमा दुई वर्ष भित्र पुरा गर्ने बताए ।

त्यस्तै घरमा टिनको छानो लगाएका केहि नागरिकले समयमा रकम नपाउनुको कारण स्थानीय पालिकाहरुले समयमा भवन डिभिजन कार्यालयमा रिपोर्टहरु नपठाउँदा यस्तो समस्या आएको बताए । पहिले सबै जिल्लाको रिपोर्ट आएपछि मात्र बजेट निकासा गर्ने सिस्टम थियो भने अब जुन जिल्लाले पहिले रिपोर्ट पठाउँछ ,उक्त जिल्लाको पहिले काम गर्ने सिस्टम आएको हुँदा अब समस्या नहुने सांसद चौधरीले बताएको पाईएको छ ।

सांसद चौधरी २०७४ सालको निर्वाचनमा खरको छानो हटाएर सबैको घरमा टिनको छाना लगाइ दिने प्रमुख एजेन्डा बनाएर दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर चुनावमा हुम्मिएका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।