काठमाडौं। स्कटल्याण्डमा भइरहेको टी२० आई सिरिजको अन्तिम खेलमा अहिले नेपालले घरेलु टोली स्कटल्याण्ड विरुद्ध खेलिरहेको छ ।
ग्लास्गोमा टस हारेपछि नेपालले पहिले बलिङ गरेको छ । स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।
आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीको स्थानमा रिजन ढकाल पहिलो रोजाईँमा खेलिरहेका छन् ।
पेस अट्याक रिजन र यसै सिरिजबाट डेब्यु गरेका रुपेश सिंहले सम्हालेका छन् ।
( अनलाइन खबर)
























