२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

टरिगाउँ हरिपौरी खानेपानीको नयाँ नेतृत्व चयनको लागि तीन दल चुनावी मैदानमा , भाद्र ६ गते निर्वाचन :

Oplus_131072

तुलसीपुर, २९ साउन । दाङ तुलसीपुर टरिगाउँ हरिपौरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि तीन दल चुनावी मैदानमा उत्रिएका छन् । भदौ ६ गतेहुने निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीको संयुक्त प्यानल रहेको छ भने नेकपा एमाले र रास्वपा अलग अलग ( एक्लाएक्लै) चुनावी मैदानमा छन् ।

नेपाली काँग्रेस र नेकपा माओवादीको संयुक्त प्यानलबाट अध्यक्षमा डिल्ली बहादुर बस्नेत, उपाध्यक्ष डिला केसी, सचिव हरिचरण चौधरी, कोषाध्यक्ष श्याम कुमार आचार्य, सदस्यहरुमा हेमबहादुर बस्नेत, पूर्ण बहादुर वली, गजाधर चौधरी, तुलसी केसी, र सावित्रा भण्डारी (खडका) रहेका छन ।

एमालेबाट अध्यक्ष देबहादुर डाँगी, उपाध्यक्ष कमला खत्री, सचिव खगेन्द्र अधिकारी, कोषाध्यक्ष खोपीराम डाँगी, सदस्यहरुमा प्रचण्ड अधिकारी, सत्यराम चौधरी, केदार नेपाली, शिला दहाल (खत्री) र कालिका पाण्डे रहेका छन् ।

त्यसैगरी रास्वपाबाट शरद वली, उपाध्यक्ष मोतिकला वली, सचिव टंक नेपाली, कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, सदस्यहरुमा भेषराज आचार्य (सुनिल) बोधराज बस्नेत (गोरी) अशोक कुमार शर्मा, पार्वती अधिकारी, (बिसी) र सिता नेपाली रहेका छन् ।

३ वटै दलले आज आ-आफना उम्मेदवारहरुको नाम दर्ता गराएका छन् । मतदान भदौ ६ गते बिहाने ८ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीले जानकारी दिए । ९ सदस्य कार्य समितिका लागि तीन दलबाट २७ जनाको उम्मेदवारी परेको छ । खोपानी आयोजना क्षेत्रमा ७ सय १४ जना मतदाता संख्या रहेका छन् । चुनावी मैदानमा उत्रिएकाहरुले आँफुहरु पार्टीको चुनाव चिन्ह लगेर नगएपनि पार्टीको समर्थन भने रहेको बताउँछन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।