
झापा । नेसनल प्याब्सन झापा जिल्ला समितिले झापाको विर्तामोडमा एक दिवसीय पूर्वप्राथमिक शिक्षा (ईसीडी) तालिम सहित नयाँ कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
नेसनल प्याब्सन झापा जिल्ला संयोजक धर्मराज माझिको अध्यक्षता, नेसनल प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख पाण्डव हमाल ठकुरीको प्रमुख आतिथ्य एवम् नेसनल प्याब्सन केन्द्रीय महासचिव प्रतापबहादुर थापाको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
तालिमको प्रशिक्षण नेसनल प्याब्सनकी केन्द्रीय सदस्य तथा प्री- स्कूल समिति सदस्य निता श्रेष्ठले दिएकी थिइन् । तालिममा झापा जिल्लाका ३० वटा विद्यालयहरूबाट ११५ जना शिक्षक / शिक्षिकाहरूले सहभागीता जनाएका थिए ।
कार्यक्रमको समन्वय र स्वागत मन्तब्य सुबर्ण भट्टराईले गरेका थिए भने सदस्य हरी धिमालको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको थियो । उदघाटन शत्रमा सञ्चालन देशराज नेम्बाङले गरेका थिए । कार्यक्रममा कोशी प्रदेश समिति, मोरङ जिल्ला समिति तथा नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल समेतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले वालवालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै अहिलेको २१ औं शताब्दीमा युग सुहाउँदो शिक्षा अहिलेको आवश्यता रहेको बताउनु भयो भने केन्द्रिय अध्यक्ष गीता क्षेत्री राणाले पठाउनु भएको शुभामना सन्देश समेत व्यक्त गरे ।

यसैगरी महासचिव थापाले संस्थागत शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्ता तालिमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गरे । सोही कार्यक्रममा ११ नयाँ विद्यालयले सङ्गठनको सदस्यहरु लिइ प्रवेश गरेका थिए। महासचिव थापाले आफ्नो सम्बोधनमा काठमाडौँ विश्वविद्यालय (केयू) सँगको सहकार्यमा नेसनल प्याब्सनले पूर्व प्राथमिक तहका बालबालिकाका लागि विशेष पाठ्यक्रम निर्माण गरिसकेको जानकारी दिए। सो पाठ्यक्रम सबै सदस्य विद्यालयहरूमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थागत रूपमा नेसनल प्याब्सन प्रतिबद्ध रहेको स्पष्ट पारे ।
























