दाङ । असोज ८ गते मंगलवार साढे ३ बजेको समयमा चट्याङमा परी घोराही -११ खुङकोटमा ३ वर्षका बालक समीर साहुको मृत्यु भएको छ ।
एकै परिवारका ३ जनामध्य बालक समिरको मृत्यु भएको छ भने ४२ वर्षीय आमा निमकली साहु र ६ वर्षीय छोरी सबिना साहु घाईते हुनु भएको छ । जस्ता पाताले छाएको , ढुंगा माटोले बनेको एक कोठाको घरमा हिजो मंगलवार चट्याङ परेको थियो । घाईते ३ जनालाई नै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको लागि लगिएको थियो।
जसमध्ये बिहान ८ बजे तिर बालक समीरको मृत्यु भएको हो । आमा निमकली र छोरी सबिनाको स्वास्थ्यमा सुधार आउँदै गरेको जिल्ला प्रहरी कार्यालय दाङबाट जानकारी भएको छ ।
























