२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

​ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकामा हाटबजार ठेक्का तथा राजस्व हिनामिना प्रकरणमा संलग्न तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

​आ.व. २०७७/७८ र २०७८/७९ मा पशु, वाख्रा तथा गुदरीजस्ता हाटबजार सञ्चालनको ठेक्कामा कानुन विपरीत राजस्व छुट दिने र बिना प्रतिस्पर्धा ठेक्का दिएर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

​मुख्य प्रतिवादीहरू: तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृतहरू (श्रीधर के.सी. र अनन्त कुमार पौड्याल), निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव।
​बिगो तथा सजायको माग: संलग्न कसुरको मात्रा अनुसार कुल रु. १,६०,४६,३४४।१० र रु. १,३३,११,४३१।१० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपर गर्न मागदाबी लिइएको छ।

 

 

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।