फाल्गुन ८ , राजपुर । दाङ देउखुरीको राजपुरमा गठन भएको खोला स्तरीय खेलकुद समाजको आयोजना तथा रामेश्वरी बाल जनता आधारभुत विद्यालय रसरीखोलाको ब्यबस्थापनमा आज प्रथम खेलकुद प्रतियोगिता -२०८१ को उदघाटन समारोह सम्पन्न भएको छ ।
समितीका अध्यक्ष मस्तराम यादवको अध्यक्षता , राजपुर गाउँ पालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्य तथा राजपुर गाउँ पालिका १ नम्बर वडाका अध्यक्ष सुर्य बहादुर चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
रामेश्वरी बाल जनता आधारभुत विद्यालयका बिध्यार्थीको स्वागत नृत्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी बुढाथोकीले नाका स्तरीय खेलकुद , राष्ट्रपती रनिङ सिल्डको जिम्मा पालिकाले लिए जस्तै आगामी वर्षदेखि खोला स्तरीय खेलकुद समाजको जिम्मा पनि राजपुर गाउँपालिकाले लिने बताए ।


समितीका सचिव दिल बहादुर शाहीद्वारा संचालन गरिएको कार्यक्रममा १ नम्बर वडा अध्यक्ष सुर्य बहादुर चौधरी ,राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशब लम्साल तथा शंकर आधारभुत विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार शुक्लाद्वारा खेलकुदको महत्व दर्शाउदै शुभकामना मन्तव्य व्यक्त गरिएको थियो भने कार्यक्रममा सहभागी भएको खोला स्तरमा रहेका आधारभुत तहका विद्यालयका बिध्यार्थीहरुले मार्च पास गर्नुको साथै खेलकुद प्रतियोगितामा सहभागीता जनाएका थिए ।



फाल्गुन ८ र ९ गते दुई दिने कार्यक्रम अन्तर्गत फाल्गुन ९ गतेका दिन खेलकुदमा बिजेता तथा सहभागीलाई पुरस्कृत गरिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

























