२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

खेतमा परालले छोपिराखेको अवैध सालको ४ वटा गोलिया काठ सशस्त्र प्रहरीद्वारा बरामद

रौतहट । सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा र प्रहरी चौकीको संयुक्त टोलीले रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहियाको खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको छ।

प्राप्त सूचनाको आधारमा डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत एवं सेक्टर वनका प्रमुख राजेश कुमार साहको कमान्डमा खटिएको संयुक्त टोलीले कटहरिया नगरपालिका २ जमुनिया गाउँ छेउमा रामजनम दासको खेतमा परालले छोपिरहेको अवस्थामा ४ वटा सालको गोलिया काठ बरामद गरेको हो ।

करिब १६ क्युफिट बरामद काठ आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय जन्गलसहिया लागिएको तथा काठबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

हिन्दुहरूको दोश्रो महान पर्व तिहारको अवसरमा वन कर्मचारी तथा वन सुरक्षाकर्मी घर बिदामा गएको मौका छोपेर तस्करहरूले निर्बाध रूपमा काठको चोरी निकासी गर्ने गर्दछन् ।
रातोपाटी

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।