रौतहट । सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा र प्रहरी चौकीको संयुक्त टोलीले रौतहट स्थित सेक्टर वन कार्यालय जंगलसहियाको खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको छ।
प्राप्त सूचनाको आधारमा डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत एवं सेक्टर वनका प्रमुख राजेश कुमार साहको कमान्डमा खटिएको संयुक्त टोलीले कटहरिया नगरपालिका २ जमुनिया गाउँ छेउमा रामजनम दासको खेतमा परालले छोपिरहेको अवस्थामा ४ वटा सालको गोलिया काठ बरामद गरेको हो ।
करिब १६ क्युफिट बरामद काठ आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय जन्गलसहिया लागिएको तथा काठबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
हिन्दुहरूको दोश्रो महान पर्व तिहारको अवसरमा वन कर्मचारी तथा वन सुरक्षाकर्मी घर बिदामा गएको मौका छोपेर तस्करहरूले निर्बाध रूपमा काठको चोरी निकासी गर्ने गर्दछन् ।
रातोपाटी