२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन हुने तयारी गरेको छ ।
आज साँझ परीक्षाफल तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले लोकपथलाई जानकारी दिए । त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौँ,’ अर्यालले लोकपथसँग भने ।

बोर्डको क्यालेन्डर अनुसार साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने भएतापनि शिक्षकहरुको लामो आन्दोलनका कारण परीक्षाफल प्रकाशित गर्न ढिलाइ भएको हो । गत वैशाखमा सम्पन्न भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । २०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएकोमा शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।