२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

औषधि व्यवस्था विभागको अनलाइन ‘डाम्स’ (DAMS) सेवा अनिश्चितकालका लागि अवरुद्ध

काठमाडौं , कार्तिक -९ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागबाट प्रदान गरिने सेवाहरू सञ्चालनमा ल्याउन प्रयोग गरिएको ‘Drug Administration Management System’ (DAMS) सफ्टवेयरमा अचानक प्राविधिक समस्या आएपछि अनलाइन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

​विभागकी सहायक सूचना अधिकारी बिनला जोशीद्वारा जारी गरिएको अत्यन्त जरुरी सूचना अनुसार, विद्युतीय सेवा प्रणालीमा आएको आकस्मिक अवरोध तथा सफ्टवेयरमा देखिएको (PHP) सम्बन्धी प्राविधिक समस्याका कारण अनलाइनमार्फत प्रदान हुने सम्पूर्ण सेवाहरू अर्को सूचना नआएसम्मका लागि बन्द रहनेछन्।

​विभागले प्राविधिक कार्य सम्पन्न हुनासाथ यथाशीघ्र सेवाहरू पुन: सुचारु गरिने जनाएको છે। सेवा सुचारु भएपश्चात् सोसम्बन्धी जानकारी विभागको आधिकारिक वेबसाइट (https://dda.gov.np) मार्फत गराइनेछ। यस आकस्मिक अवरोधका कारण सेवाग्राही महानुभावहरूमा पर्न गएको असुविधाप्रति विभागले क्षमासमेत मागेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।