विपदका कारण घटना बढन सक्ने भन्दै मनसुन पुर्व तयारी तथा प्रतीकार्य कमाण्ड पोष्टले असोज ११ र १२ गते रात्रीकालीन बस चलाउन नपाईने निर्णय गरेको छ ।
असोज १० गते विहिवारदेखि १३ गते आईतवारसम्म चार दिन भारी वर्षा , अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।
बङ्गालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएको हुनाले भारी वर्षा प्रक्षेपण गरिएको छ ।
धान नकाटने , काटिसकेको भए तत्काल थन्काउने , तराई क्षेत्र , मधेश क्षेत्रमा घरको भुईतल्लामा अन्नपात नराख्ने , पहिरो जोखिम भएका स्थानमा र नदी खोलाका किनारमा भएका बस्तीहरुमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्ने कामले नजान , शुक्रवार र शनीवार रात्रीकालीन रात्रीबस नचलाउन राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले खोज तथा उद्दारका निम्ति तिनवटै सुरक्षा निकाय एवम् स्वयंसेवकहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
असोज१०, ११ र १२ गतेसम्म कोशीका ११, मधेश सिराहा, सप्तरी , पर्सा , बागमतीका काठमाडौं सहित दोलखा बाहेकका १२ , गण्डकीका १० जिल्ला उच्च जोखिममा छन भने गण्डकी मनाङ मध्यम जोखिममा छ ।
यसैगरी लुम्बिनीका १२, कर्णालीका ५, सुदुरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन।
१९ वटा जिल्ला मध्यम जोखिम र मुगु , हुम्ला निम्न जोखिममा रहेको महाशाखाले जनाएको छ ।