२०८२ चैत्र २८ शनिबार
२०८२ चैत्र २८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

आशाका किरण संस्थाले भैलो रकमबाट दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउँदै

ओमप्रकाश गुप्ता/ भालुवाङ -२१, कार्तिक। दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउन सुरु गरेको छ ।
यस वर्षको देउसीभैलाबाट खर्च कटाएर बचेको रकमको ५० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने रकमबाट संस्थाले पहिलो काम सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउन सुरु गरेको हो । सो संस्थाले भालुवाङ– प्युठान सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर चैते देखि भालुवाङ सम्म र लमही–भालुवाङ सडक खण्डको भालुवाङ देखि वडा नम्बर ५ को सिसहनियाँ बजार सम्म आवश्यकताका आधारमा जेब्रा क्रसिङ बनाउन सुरु गरेकोे संस्थाका अध्यक्ष दिवस आचार्यले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा बिहिवार भालुवाङ– प्युठान सडक खण्डको शान्तिपुर चैते स्थित गंगा आधारभूत विद्यालय अगाडीको सडक खण्डबाट जेब्रा क्रसिङ बनाउन सुरु गरिएको संस्था अध्यक्ष आचार्यले बताए । त्यस्तै सोही सडक खण्डको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जाने बाटोको अगाडीको सडक खण्डमा पनि जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
ती दुवै सडक खण्डमा विद्यार्थी तथा पैदल यात्रीहरूले जथाभाबी बाटो काट्दा दुर्घटनाको जोखिम बढेका कारण विद्यार्थी र पैदलयात्रीलाई लक्षित गरी जेब्रा क्रसिङ बनाउन थालिएको हो । संस्थाका अध्यक्ष आचार्यले जेब्रा क्रसिङले सो सडक खण्डमा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास लिएको बताए । उनले जेब्रा क्रसिङ र स्पष्ट सङ्केत नहुँदा जथाभाबी सडक पार गर्दा भइरहेका दुर्घटनामा न्यूनीकरण गर्नका साथै विद्यार्थी तथा यात्रुहरूमा सचेतना समेत अभिवृद्धि गर्ने बताए । पर्याप्त स्रोत, साधनको अभावले जेब्रा क्रसिङ बनाउन नसकिएका बेला युवाहरुले सकारात्मक कामको थालनी गरेको प्रति स्थानीयहरु समेत खुसी भएका छन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।